छाला तथा यौन रोग सम्बन्धि अभिमुखीकरण

0

लक्ष्मी घिमिरे नवलपरासी : लुम्विनी स्किन एण्ड लेजर सेन्टर बुटवलको आयोजना लुम्विनी प्राविधिक शिक्षालय बर्दघाटको संयोजनमा छाला तथा यौन रोग सम्बन्धि एक दिने निशुल्क अभिमुखीकरण तालिम परार्मश तथा उपचार बर्दघाटमा शनिवार सम्पन्न भयो । रोयल कटेजमा आयोजित सो कार्यक्रममा डा. विनोद ज्ञवाली र डा. सागर रिजालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन सत्रमा लुम्विनी स्किन एण्ड लेजर सेन्टरका अध्यक्ष यमबहादुर थापा , लुम्विनी प्राविधिक शिक्षालयका अध्यक्ष कुलदीप आचार्यले लेजर सेन्टरले नयाँ प्रबिधियुक्त उपचार ल्याएको भन्दै त्यसबाट लाभ लिनुपर्नेमा जोड दिनुभयो ।

सो सेन्टर बुटवल स्थित बेसक्याप रहेको छ भने शिक्षालयले बर्दघाटमा प्राबिधिक शिक्षा प्रदान गर्दै आएको छ । कार्यक्रममा सेन्टरका संस्थापक धर्मराज पल्ली र कर्मचारीहरु कृष्टि पाण्डे बिष्णु रास्कोटी लगायतका प्राबिधिक कर्मचारीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीलाई स्वास्थ्य उपचारको बिभिन्न सहुलियत प्याकेज समेत बितरण गरिएको थियो ।


कार्यक्रम लुम्विनी स्किन एण्ड लेजर सेन्टरका अध्यक्ष यमबहादुर थापाको अध्यक्षता लुम्विनी प्राविधिक शिक्षालयका शिवप्रसाद पौडेलको संचालनमा भएको थियो ।

You might also like