मजदुरहरुको प्रदर्शनमाथि प्रहरी हस्तक्षेप गरेर सरकारले साम्राज्यवादप्रति भक्तिभाव देखायो : क्रान्तिकारी माओवादी

0

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रघाती मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को खारेजी लगायतमा माग सहित उत्रिएका मजदुरहरुलाई गिरफ्तार गरेर सरकार अमेरिकी साम्राज्यवाद प्रति भक्तिभाव देखाएको टिप्पणी गरेको छ ।

माओवादीले मजदुरहरुले खाईपाई आएको सुविधालाई लकडाउनको अवधिभरि पनि निरन्तरता दिनुपर्ने, सीमानामा रोकिएका नेपालीलाई स्वास्थ्योपचार सहित आ–आफ्नो घर पु¥याउने व्यवस्था गर्नु पर्ने, वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली युवालाई नेपालमा ल्याउनका लागि अविलम्ब पहल गर्नुपर्ने, वेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्नु पर्ने लगायतका राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाका माग राखी आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममा सरकारले हस्तक्षेप गरी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेर ओली सरकारले अमेरिकी साम्राज्यवादप्रति भक्तिभाव देखाएको जनाएको हो ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा मजदुर सङ्गठनका अध्यक्ष इश्वर तिम्सिना, महासचिव वसन्त बोगटी, सचिवालय सदस्यहरु वद्री बजगाई, अर्जुनलाल श्रेष्ठ, ढोग प्रसाद अधिकारी, कुमार घताने, दिनेश वर्तौला सहित विभिन्न जिम्मेवारीमा रहनु भएका १६ जना नेता तथा कार्यकताहरुलाई गिरफ्तार गरेको उल्लेख गर्दै ओली सरकारको यो कदमप्रति घोर विरोध तथा भत्र्सना गरिएको छ र मजदुर सङ्गठनका गिरफ्तार नेता तथा कार्यकर्तालाई अविलम्व रिहाईको माग गरिएको छ ।

You might also like