लिपुलेकबारे नबोल्नु ‘आत्मसर्मपणवादी चरित्र’को उपज : क्रान्तिकारी माओवादी

राष्ट्रिय मुक्ति आन्दोलनमा एकताबद्ध हुन आब्हान

0

आयुष न्यौपाने
बर्दिया २८ बैशाख- नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला समिति बर्दियाले भारतले लिपुलेकमा सडक निर्माण गरेको बिषयलाई लिएर बिरोध गरेको छ ।


सो पार्टीका जिल्ला सेक्रेटरी बिपिन रोकायाले एक बिज्ञप्ति जारी गरि भारतीय रबैया प्रति गम्भिर आपति ब्यक्त गर्नुभएको हो ।
बिज्ञप्तिमा क्रान्तिकारी माओवादीले राष्ट्रियता माथि गम्भिर आक्रमण हुदाँ समेत संसदीय सत्ता र ब्यवस्थाका कथित कम्युनिष्टहरु नबोल्नु आत्मसर्मपणवादी चरित्रको उपज भएको उल्लेख गरिएको छ ।
रोकायाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा राष्ट्रिय मुक्ति आन्दोलनमा एकताबद्ध हुन आब्हान गरिएको छ ।

You might also like