चोर दुलोबाट एमसीसी पास गराउन खोजियो :   क्रान्तिकारी माओवादी

0

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी  क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सैन्य रणनीतिको हिस्सा भएको बताउँदै सरकारले नीति कार्यक्रम ०७७÷०७८ मा एमसीसी सम्झौतालाई समावेश गरी चोर दुलोबाट संसदद्वारा पास गराउन खोजेको भन्दै त्यसको घोर विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मंगलबार जारी गरेको वक्तव्यमा सरकारको यो कदमलाई षड्यन्त्रकारी र राष्ट्रघाती कदमको संज्ञा दिंदै ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमलाई असफल तुल्याउनका लागि चारैतिरबाट दवाव सृष्टि गर्न सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विनम्र अनुरोध समेत गरेको छ ।

You might also like