‘लिपुलेक मिचिएको कि बेचियो’ भन्ने प्लेकार्ड सहित सत्तारुढ नेकपानिकट अखिलले मोदीको पुत्ला जलायो

0

नवलपरासी २९ बैशाख – सत्तारुढ नेकपानिकट अनेरास्ववियु पश्चिम नवलपरासीले भारतले नेपाली भुभाग मिचेर मानसरोवर जाने बाटो बनाएको विरोधमा परासीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

सोमवार परासी वुद्धचोकमा अनेरास्ववियूका बिद्यार्थीहरुले कालोपट्टि बानेर विरोध जनाउदै मोदिको पुत्ला जलाएका हुन् । उनीहरुले गो व्याक ईन्डिया, कालापानी, लिपुलेक, लिम्पयाधुरा नेपालको हो, सिमा मिचिएको कि बेचिएको लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेपालको राष्ट्रिय झन्डा सहित विरोध प्रर्दशनमा उत्रिएका अनेरास्ववियूका बिद्यार्थीहरुले सरकारले तत्कालै कुटनैतिक पहल मार्फत सिमा विवाद समाधान गर्न पनि माग गरेका छन् । विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य अमित खड्का, जिल्ला संयोजक शुसान्त शर्मा घिमिरे, सह संयोजक विशाल गिरी लगायतले भारतको हेपाह प्रवृत्ति कदापि सैह्य नहुने चेतावनी दिनुभयो ।

You might also like