विप्लव नेकपाका सरावल ईन्चार्ज मुसहर पक्राउ

0

परासी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य तथा सरावल गाउँपालिका ईन्चार्ज चैत्रराम मुसहरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाट र ईलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो ।


उनी आगोजनी मुद्धामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । गत २०७५ फागुन ३० गते विप्लव समूहले गरेको बन्द आह्रवानको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको एक ट्रकमा आगो लगाएको तथा साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावरमा क्षति पुराउने घटनामा उनी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

You might also like