कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख बढी संक्रमित

0

काठमाडौं, वैशाख २६ –विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० बाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ ।विश्वभर अहिलेसम्म ३९ लाख १५ हजार ६ सय ३५ कोरोना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १३ लाख ४१ हजार भने उपचारपछि घर फर्किएका छन् ।

यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा झण्डै पाँच गुणा बढी हो ।पछिल्लो २४ घण्टमा मात्रै विश्वभर कोरोनाबाट ५ हजार ५ सय ५८ जनाले ज्यान गुमाएका छन् । ९६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ हजार ९ सय ५८ पुगेको छ । स्पेनमा स्पेनमा कोरोनाका कारण २६ हजार ७० जनाले ज्यान गुमाएका छन् ।
बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ हटस्पट रूसमा दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेको छ । अहिलेसम्म रूसमा एक लाख ७७ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने १ हजार ६ सय २५ पुगेको छ ।
फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७४ हजार ७९१ पुगेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ९ सय ८७ पुगेको छ । जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६९ हजार नाघेको छ । दाउन्ने न्युज

You might also like