विदेशको अनुभवले स्वदेशमा मालामाल

0

दिनेश कुमार बुढा
सुर्खेत :
रोजगारीको खोजिमा हरेक दिन नेपाली युवा विदेशीने क्रम बढिरहेको छ । आफ्नो देशलाई धिक्कारदै स्वदेशमा केहि रोजगारी पाईएन भनेर अधिकांश युवाहरु विदेशीन्छन् । जब विदेशमा पुग्छन् । तब विभिन्न कारणबस दुःख पिडा पाएपछि फेरी आफ्नो मातृभुमिलाई सम्झिदै तिनै युवा स्वदेश फर्किन्छन र आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भनेर दृढ विश्वासका साथ ब्यवसायमा लाग्छन् ।
त्यस्तै मध्यका एक उदाहरण ब्यक्ति हुन् ः वीरेन्द्रनगर नगरपालिका वडा ६ का सन्देश रावत , उनी सात बर्षको नेदरल्याड तथा भारत बसाईको अनुभव बटुल्दै हाल वीरेन्द्रनगरको बांग्यसीमलमा कृषि तथा पशुपंक्षी पालन फर्म खोलेर बसेका छन् । कर्णाली प्रदेशको मागलाई मध्यनजरगदै रावतले कृषि तथा पशुपंक्षी पालनबाट नाम र दाम दुबै कमाउन सफल भएका हुन् ।


‘नेदरल्याडमा दैनिक १७÷१८ घण्टा कुकको काम गर्दागर्दै तीन बर्ष बित्यो, सोही समयमा (आई.बि.एम.यस) अध्ययन गरे, त्यसपछि थप दुई बर्ष आफ्नै रेष्टुरेन्ट सञ्चालन गरे’ उनले भने, ‘यहि क्रममा दुई बर्ष भारतमा (यम.बि.ए) अध्ययन गरे, विदेशी भुमिमै मेरो धेरै समय वितेकाले त्यँहाको अनुभव लिएर स्वदेशमै कृषि तथा पशुपंक्षी पालन गर्न थालेको हुँ ।’
ब्यवसाय सुरु गर्ने बिषयमा आफुलाई यूटुब भिडियो हरेर उत्प्रेरणा मिलेको उनले बताए । ‘अहिले आफ्नै भुमिमा पसिना बगाउँदै परिवारसँग रमाएर स्वदेशमै लाखौ रुपैयाँ आम्दानी गर्न सफल भएको छुँ’ उनले थपे, ‘स्वदेशमा पनि केहि गर्न सकिन्छ भन्ने हिक्मत राख्ने हो भने अनेकौ ब्यवसाय गर्न सकिन्छ, त्यसका लागि लगानीको पनि खाँचो पर्छ ।’ उनले अहिले कर्णाली प्रदेशकै माग पुर्ति हुने गरी माछा पालन गरिरहेका हुन् । माछा, मासु खरिदमा कर्णालीको पैसा बाहिर जिल्ला गईरहेको बेला यँहाको पैसा यहि लगानी गर्न र यँहाको उत्पादनशीत भुमिमा कर्मशिल युवालाई प्रेरणा मिलोस भनेर गाँउमै कृषि ब्यवसाय तथा माछा पालन गरेको उनले बताए ।

बजारको माग र ग्राहकको चाहाना अनुसार स्वच्छ तथा ताजा माछा वीरेन्द्रनगर लगाएत स्थानीय बजारमा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । आफ्नै १५ कठ्ठा जमिनमा ब्यवसायीक कृषि खेती उनले सुरु गरेका हुन् । उनका अनुसार ब्यवसायीक कृषि खेतीका लागि दुई महिनाको अवधिमा करिब ५० प्रतिशत काम सकिएको छ । भने बाँकी काम सकेर केहि दिनमै थप पशुपंक्षी पालनको काम सुरु हुनेछ । ५० प्रतिशत काम सकिसक्दा माछा पालनको लागि १० वटा ट्यांकी तथा तरकारी खेतीको लागि चार वटा टनेल निर्माण गरिएका छन् ।
१० ट्यांकीमध्ये सात वटा ट्यांकीमा माछा पालन भईरहेको हो । जसमा टिलापिया, मागुर, रौहु, नैनी, सिल्भरकार्प, कमनकार्पगरी ६ जातका माछा पालन गरिएका छन् । टिलापिया १६ सय, मगुर आठ हजार, कमनकार्प चार हजार, रौहु, नैनी र सिल्भरकार्प गरेर १० हजार वटा माछाका भुर्रा रहेको सन्देश रावतले बताए । त्यस्तै तरकारी टनेलमा काउली, सिमि, बोडि, केराउ, फाजी जस्ता सागपात तथा तरकारीहरु उत्पादन गर्नुका साथै नियमित बेच्ने गरेको उनको भनाइ छ ।
फर्ममा माछाका भुर्राको लागि ट्यांकीको निर्माण आधुनिक तरिकाले गरिएको हो । पहिलेको जस्तो पोखरी बनाएर, खेतमा तथा जमिन खोनेर बनाएको भन्दा फरक खालको नयाँ तथा आधुनिक तरिकाबाट सानो–सानो ट्यांकी बनाएर माछा पालन गरिएको छ । जसको निमार्णका लागि जमिनमुनिनै पाल तथा इन्डोनेसीया सामानहरुको प्रयोग गरिएको छ । भने त्यस ट्यांकीमा रहेका माछालाई कुनै ब्याटेरीया तथा रोग लाग्न नदिन बायोफलक तरिकाले माछा पालन गरिएकोले पनि त्यँहा अवलोकन गर्नेको संख्या बढ्दै गएको छ ।
सुर्खेतमा माछाको भुर्रा र दाना नपाईने भएकाले चितवन, बर्दिया र दांङबाट ल्याउने गरिएको उनले बताए । उक्त फर्म संचालनका लागि हालसम्म ५० लाख रुपैंया लगानी गरिएको हो । आगामी दिनमा इन्डोनेसीया सामान र भारतको प्रविधि अनुसार एक करोडको लागतमा फर्मको स्तोरोन्नती गरने ब्यवसायी तथा फर्म संचालक सन्देश रावतले बताए ।
उनका अनुसार पाँच सय हासँ पालन, एक हजार लोकल कुखुरा पालन र तीन हजार बोईलर कुखुरा पालन तथा बँदेल पालनका लागि खोर निमार्ण भईरहेको छ । ५० लाख लागतमा संचालन भएको फर्ममा पुस महिनासम्म मात्रै एक सय ५० क्वीन्टल माछा उत्पादन गर्ने तथा हाल चार जना युवालाई रोजगारी दिएका उनले केहि महिनामै थप १० जनालाई रोजगार दिने लक्ष्य राखेका छन् ।

You might also like