सुनवल नगरपालिकामा हात धुने मेसिन निर्माण सम्पन्न

0

 

अमृता सुनार ,
सुनवल २६ बैशाख ः कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनका लागि पटक पटक हात धुनु पर्ने भएकाले हात धुनका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलो पटक खुट्टा द्घारा संचालित हात धुने मेसिन निर्माण सम्पन्न भएको छ ।

सुनवल नगरपालिका ,लायन्स क्लब अफ सुनवल र लियो क्लब अफ सुनवलको सहयोगमा र सुनवल नगरपालिकाका युवाहरुको सकृयतामा छुट्टा छुट्टै दुई स्थानमा २ वटा खुट्टा द्घारा संचालित हात धुने मेसिन निमार्ण गरी सुनवल चोकमा र सुनवल नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ । उक्त मेसिन बाट संक्रमण जोखिम नहुने र प्रयोग गर्न अत्यन्तै सजिलो रहेको र यसको प्रयोग संरक्षण र निरन्तरतामा सबैले भुमिका खेल्नु पर्ने एक निमार्ण कर्ताले बताउनुभयो ।

You might also like