दिब्यज्योती माविको ४२ औं बार्षिकोत्सव तथा विज्ञान प्रयोगशाला कार्यक्रम सम्पन्न

0

बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको चिसापानीमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयको ४२ औ बार्षिकोत्सव तथा विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रम सोमवार गरिएको छ । बर्दघाट नगरप्रमुख धिरज शर्माले विज्ञान प्रयोगशालाको उद्घाटन गर्नुभयो । प्रयोगशाला निर्माणका लागि नगरपालिकाले साढे ६ लाख सहयोग गरेको विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल परियारले बताउनुभयो । गत बर्षदेखि कक्षा ११ र १२ मा विज्ञान संकाय पढाइ शुरु भएको यस विद्यालयमा अहिले विज्ञान संकायमा ४० जना विद्यार्थी छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बर्दघाट नगरपालिकालाई शैक्षिक केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुमनाथ आचार्यले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयले बार्षिकोत्सवकै अवसर पारेर विशेष बुलेटिनको समेत लोकार्पण गरेको छ । बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न सांसकृतिक प्रस्तुति संगै चेतनामुलक नाटक समेत प्रस्तुत गरेका थिए । विद्यालयले विभिन्न समयमा योगदान पुर्याउनेलाई सम्मान समेत गरिएको थियो ।

You might also like