बासाबसही प्रहरी चौकी इन्चार्ज बि.क.को बिदाइ

0

उमेश बि.क.
नवलपरासी , २४ बैशाख पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं १ मा अवस्थित बासाबसही प्रहरी चौकी इन्चार्ज लिल बहादुर बि।क को बिदाइ गरिएको छ।
सरावल गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा बुधबार प्रहरी चौकीका इन्चार्ज बि.क. लाई चौकीमा कार्यरत प्रहरी र गाउँपालिका बाट सम्मान स्वरुप मायाको चिनो सहित टीकामाला लगाएर बिदाइ गरिएको हो।चौकी इन्चार्ज रहँदा उहाँले प्रहरी र गाउँलेबीचको सम्बन्ध सुधारको काम गरेको र आफूमातहतका प्रहरीलाई कहिल्यै नराम्रो व्यवहार नगरेको सहकर्मीको भनाइ छ ।
उहाँ हुँदा गाउँमा दिनहँ हुने झगडामा कमी आएको थियो, केही नयाँ काम गर्दा उहाँ गाउँलेलाई पनि सोध्नुहुन्थ्यो,ु वडा नं १ निवासी तथा सरावल गाउँपालिका महिला सन्जालकी अध्यक्ष मिना चौधरीले बताउनु भयो ।बासाबसही चौकी इन्चार्ज भएदेखि गाउँमा मदिरा नियन्त्रण, सवारी दुर्घटनामा कमी, चोरी, लुटपाट, आपराधिक घटना र महिलामाथि हुने घरेलु हिंसाका घटना न्यून भएको स्थानीयको भनाइ छ । दिनहुँ मदिरा खाएर झगडा हुने गरेकोमा बिक आएपछि गाउँ शान्त भएको सन्जालकी अध्यक्ष चौधरीलेले बताउनुभयो ।

चौकी इन्चार्ज रहँदा प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै चौकी क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति भएको गाउँलेको बुझाइ छ ।चौकी इन्चार्ज रहेर काम गर्दा सरावल गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयोग मिलेको भन्दै असइ बि.क ले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।चौकी इन्चार्ज बि।क सरुवा भई जिल्ला प्रहरी कार्यालय जानु भएको हो । बासाबसही प्रहरी ईन्चार्ज भई इमन्दारीता पुर्बक जिम्मेवारी बहन गर्नु भएकोमा गाउँपालिका अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

You might also like