मध्यबिन्दु नगरपालिकाले बाझो जग्गाको तथ्यांक संकलन गर्ने

0

नवलपुर – पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका भित्र रहेको बाझो जग्गाको तथ्यांक संकलन गरिने भएको छ । अबको एक महिनाको समयअबधिमा नगरभित्रको बाझो जग्गाको तथ्यांक संकलन गरिने भएको हो । खेतीका लागि योग्य जमिन हुदा हुदै पनि जमिनहरु बाझो रहने क्रम बढेको भन्दै अब त्यसको तथ्यांक प्रकाशित गरि उक्त जग्गामा सामुहिक खेती गरिने नगरप्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो ।
उहाले नगरपालिकाभित्र कृषीका लागि पकेट क्षेत्रका रुपमा मानिएको स्थल हुदा हुदै पनि त्यसको प्रभाबकारी रुपमा प्रयोग हुन नसकेको भन्दै अबको यो कार्यले कृषि क्षेत्रमा नया आयाम थप्ने बिश्वास व्यक्त गर्नुभयो ।
यसैबिच नगरपालिकाले कृषीजन्य पर्दाथहरुको उत्पादन र बजारीकरणका लागि संजाल गठन गरिने भएको छ । आज बसेको नगरप्रमुख राना सहित सरोकारवालाहरुको बैठकले उक्त स्ंजाल गठन गर्ने निर्णय गरेको हो । कषिजन्य बस्तुको उत्पादन तथा व्यबस्थित बजारीकरण नहुदा यहको उत्पादन खेर गैरहेको यर्थाथलाई औल्याउदै नगरप्रमुख रानाले समितिले यसको उचित प्रबन्ध मिलाउने बताउनुभएको थियो ।

You might also like