बर्दघाटबाट ३० जनाको स्वाब परिक्षणका लागि पठाईयो

0

नवलपरासी २० बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रका ३० जनाको स्वाब परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । शुक्रवार बर्दघाट नगरपालिका स्वास्थ्य शाखाले ३० जनाको स्वाब काठमाण्डौ पठाएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा क्वारेन्टाइनमा बसेका सबैको परिक्षण नेगेटिभ आएपछि दोस्रो चरणमा शंकास्पद तथा बैदेशिक रोजगारबाट आएकाहरुको स्वास्व राष्ट्रिय प्रयोगशाला काठमाण्डौमा परिक्षणका लागि पठाइएको हो । उनीहरुको पिसिआर परिक्षणको नतिजा एक दुई दिन भित्रै आउने जनाइएको छ ।

You might also like