दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा ३ जना घाइते

0
सुस्ता २२ कार्तिक – पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कुडियामा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा ३ जना घाइते भएका छन । कुडियाबाट नर्सही तर्फ आउदै गरेको यु पि ५६ यु ८ सय १२ नम्बरको बुलेट नामको मोटरसाइकल र यु पि ५३ ए यु ०८ सय २२ नम्बरको प्लाटिना मोटरसाइकल दुबै एक आपसमा ठक्कर खादा १ महिला २ पुरुष गरि ३ जना घाइते भएका हुन । घाइते हुने हरुमा बुलेट मोटरसाइकल चालक सुस्ता गाउँपालिका वार्ड न ४ बस्ने अन्दाजी बर्ष २२ को सागर जोशी र प्लाटिना मोटरसाइकल चालक सुस्ता गाउँपालिका वार्ड न ५ बस्ने अन्दाजी बर्ष २४ को जयप्रकाश बिन र उनको श्रीमति अन्दाजी बर्ष १८ कि उषा बिन रहेको छ ।
घाइते जोशीको दाहिने खुट्टा भाच्चिएको छ  र जयप्रकाश बिनको दाहिने खुट्टा औंलाहरु र छात्तीमा चोट लागेको छ भने बिनको श्रीमति उषाको टाउकोमा र पेटमा चोट लागेको र उषा बिन गर्भवती पनि रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताउनु भयो । घाइतेहरुको उपचारका लागी बुटवलको अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनु भयो ।
You might also like