प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि छलफल हुदै

0

आइतवार, असार २१, २०७७

काठमाडौं, २१ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार पनि छलफल हुने भएको छ। शनिबार हुने भनिएको छलफल आइतबारका लागि सरेको थियो।पार्टीभित्र विवाद उत्पन्न भएपछि समस्या समाधानको लागि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको छलफल हुदै छ ।

सोमबार बस्ने तय भएको स्थायी समितिको बैठक शनिबारबाट सोमबारका लागि सारिएको थियो ।

शनिबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको थियो।

अध्यक्ष प्रचण्डले जेठ २ गतेको सहमति छोडर गल्ती गरेको बताएका थिए भने प्रधानमन्त्री ओलीले जेठ २ गतेको सहमति गरेर गल्ती गरेको बताएका थिए।

शनिबार प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग छलफल गरेका थिए। उनले मन्त्रीहरूलाई आफ्नो कित्ता छुट्याउन समेत भनेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र आफूविरूद्ध षड्यन्त्र भइरहेको आरोपसमेत प्रधानमन्त्रीले लगाएका थिए।

Mirmire online

You might also like