बढुवासंगै एसएसपी आचार्यको बिदाई

0

नवलपरासी १९ वैशाख ।
पश्चिम नवलपरासीमा रहेका राजनीतिक दल र विभिन्न संघसंस्थाहरुले वरिष्ठ प्रहरी उपरीक्षक लालमणि आचार्यलाई बिदाई गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक आचार्यको बढुवासँगै सरुवा भएपछि ति संघसंस्थाहरुले शुक्रबार सामुहिक रुपमा बिदाई गरेका हुन् । जिल्लामा रहँदा सबै क्षेत्रका व्यक्तिहरुसँगको समन्वय र सहकार्य प्रशसंनीय योग्य रहेको भन्दै उनीहरुले दोसल्ला र खादा ओढाएर सामुहिक विदाई गरेका हुन् ।
आचार्य ११ महिनाअघि जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएको थियो । विदाई कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार लगायत सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सबै क्षेत्रसँग गर्ने सहकार्य र समन्वयकारी भूमिकाले नै उहाले छोटो समयमा जिल्ला वासीको मन जित्न सफल भएकाले प्रशंसाको पात्र बनेको उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो । आचार्यको प्रहरी प्रधान कार्यालय कल्याण शाखामा पदस्थापन भएको छ ।

You might also like