बर्दघाट नगरले ग¥यो पैदलयात्रीको उद्धार 

0

नवलपरासी ६ बैशाख – प्रदेश ५ को पूर्वी प्रवेशद्धारको रुपमा रहेको बर्दघाट नगरपालिकाले शनिवार बालबालिका सहित ९५ जना पैदलयात्रीको उद्धार गरी गन्तब्य सम्म पठाएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमु्ख धीरज शर्मा बस्यालका अनुसार ९५ जनालाई बस सेवा समेत प्रदान गरिएको छ भने थप ३० जनाले खाना खाएका छन् । त्रिवेणीचोकमै मेस संचालन गरेर बर्दघाट नगरपालिकाले उक्त सेवा दिएको हो । खाना तथा खाजा र पानीको प्रबन्ध गर्री दाङको तुलसीपुर सम्म पठाइएको थियो । खाना खुवाउने काममा बर्दघाट उद्योग बाणिज्य संघले स्वयसेवकको रुपमा र भान्सा प्रभाकर कुक एण्ड क्याटरिङ्ग सेवा बर्दघाट संचालन गरेको थियो । यात्रुहरुलाई उद्धार गर्ने क्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, नगर प्रमुख बस्याल।, जनपद , सशस्त्र र , नगर प्रहरी समेत सो कार्यमा खटिएको बताइएको छ ।

You might also like