बर्दघाट नगर प्रकोप कोषमा सहकारीद्धारा सहयोग

0

बर्दघाट २८ चैत्र – बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा सहकारीहरुले आर्थिक सहयोग गर्ने क्रम बृद्धि हुदैं गएको छ । सोही क्रममा शुक्रवार ४ वटा सहकारी संस्थाले सहयोग गरेका छन् ।
एकैदिन साना किसान कृषि सहकारी संस्था माकर, साना किसान कृषि सहकारी संस्था जहदाँ माकर सनराईज सामुदायिक वचत तथा ऋण सहकारी संस्था बर्दघाट ४ र सुपर साकोस बर्दघाट –२ ले कोषमा आर्थिक सहयोग गरेका हुन । ती संस्थाहरुले क्रमशः ५१ हजार रुपैया , ३० हजार १ सय ११ रुपैया , ५१ हजार रुपैया र ३० हजार रुपैया सहयोग गरेको बर्दघाट नगरपालिकाले जनाएको छ ।
त्यस्तै बाडिपिडित हाट बजार समिति १५ हजार सहयोग गरेको जनाइएको छ ।

You might also like