बजार अनुगमन टोलीद्धारा म्याद गुज्रेका समान बरामद

0

नवलपरासी २८ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका बिभिन्न बजारक्षेत्रका अत्यावश्यक सामान बिक्री गर्ने पसलहरुमा अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा नगर उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा सरोकारवालाहरुको संयुक्त टोलीले नगरभित्रका बजारक्षेत्रमा अनुगमन गरेको हो । त्यस्तै अगुगमनको क्रममा म्याद गुज्रेका पेयपद्धार्थ , ड्राई फुड , मसला र औषधि समेत बरामद गरिएको सुचना अधिकारी पुस्कर काफ्लेले जानकारी दिनुभयो । शुक्रवार १५ वटा पसलहरुको अनुगमन गर्दा पसलहरुमा मुल्य सुची राख्ने क्रम भने बृद्धि भएको पाइएको उहाँले बताउनुभयो ।


त्यस्तै अनुगमनका क्रममा अभावको मौका पारेर अधिक मुल्य लिने पसलहरुलाई सचेत समेत गराइएको काफ्लेले बताउनुभयो ।
त्यस्तै अनुगमनका क्रममा बजारमा खासै खाद्य सामाग्रीको अभाव नरहेको भएपनि आलु , चिनी र प्याजमा अधिक मुख्य लिएको भेटिएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जानकारी दिनुभयो । बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने , महासचिव दिनेश न्यौपाने उपभोक्ता अधिकारकर्मी धनञ्जय पौडेल सहित प्रहरी र पत्रकार सहितको टोलीले सो अनुगमन गरेको हो । टोलीले भुताहा, भटौलियाँ , जमुनियाँ र साविक दाउन्नेका बिभिन्न किराना तथा मेडिकलहरुको अनुगमन गरेको थियो । यस अघि बर्दघाट र जिमिरेभार बजारमा समेत अनुगमन गरिएको थियो । अनुगमनलाई निरन्तरता दिइने बर्दघाट नगरपालिका उपप्रमुख पौडेलले जानकारी दिनुभयो ।

You might also like