कांग्रेस द्वारा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामाग्री हस्तान्तरण

0

उमेश बि.क.
नवलपरासी २७ चैत – नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका बिभिन्न स्वास्थ्य संस्था तथा क्यारेन्टाइनमा स्वास्थ्यकर्मीलाई प्राइभेट प्रोटेक्सन इक्विपमेन्ट
( पिपीई ) प्रदान गरेको छ । काँग्रेसले पिपीई सहित स्यानी टाईजर तथा मास्क समेत उपलब्ध गराएको थियो । चिसापानी अस्पताल , सहिदस्मृती सामुदायीक अस्पताल , पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र , डा. बिनोद निता कण्डेल आखां अस्पताल , सुनवल ११ जर्गाह स्थित क्वारेनटाइन र पृथ्बी चन्द्र अस्पतालमा ति सामाग्री उपलब्ध गराएको थियो ।
कांग्रेसका केन्द्रिय सदस्य एवम् संघीय सांसद देवेन्द्रराज कण्डेलमा पहलमा चौधरी फाउण्डेसनले उपलब्ध गराएको सामाग्री कांग्रेसको टोलीले सबै संस्थामा पुगेर बितरण गरेको थियो। स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी आफ्नो ज्यानको प्रवाह नगरी दिनरात खटिरहेकोले स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलले जानकारी गराउनुभयो ।

You might also like