बर्दघाट उद्योग बाणिज्य संघद्धारा प्रकोप कोषमा ५१ हजार रुपैया प्रदान

0

बर्दघाट २६ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा बर्दघाट उद्योग बाणिज्य संघले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना रोकथामका लागी संघले बुधबार बर्दघाट नगरपालिका पुगेर उक्त आर्थिक सहयोग गरेको हो । बर्दघाट उद्योग बाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपाने र महासचिव दिनेश न्यौपाने सहितको नेतृत्वमा नगरपालिका गएको टोलिले नगर प्रमुख धिरज शर्मा बस्याललाई ५१ हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको थियो ।

You might also like