बर्दघाट नगरपालिका द्धारा अनिवार्य रुपमा मुल्यसुची राख्न ब्यवसायीलाई निर्देशन

0

बर्दघाट २६ चैत्र – बर्दघाट नगरपालिका नगर कार्यपालिकाको बैठकले अत्यावश्यक
बस्तु बिक्री गर्ने पसलहरुले अनिवार्य रुपमा मुल्य सुची राख्नु पर्ने निर्देशन गरेको छ ।
मंगलवार खुल्ला चौरमा भौतिक दुरी कायम गर्दै गरिएको बैठकले अत्यावश्यक बस्तु
खाद्यान्न तथा तरकारी लगायतमा मुल्य सुची कायम गर्न निर्देशन गर्ने निर्णय गरेको
हो। बैठकले राहत वितरण निर्देशिका २०७६ समेत पारित गरेको छ । त्यस्तै तरकारी
पसलहरुले दुरी कायम गर्दै बिहान पनि बिक्री बिरण गर्न सक्ने र दुधजन्य पद्धार्थ
४ बजेपछि पनि बिक्री गर्न सक्ने समेत निर्णय गरिएको नगर प्रमुख धीरज शर्मा
बस्यालले जानकारी दिनुभयो ।

You might also like