जिसन आईडलको दुवै उपाधि होली केयरको हातमा

0

बर्दघाट – शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा शनिवार सम्पन्न जिसन आईडलको दुवै उपाधि होली केयर ईंगलिस स्कुल बर्दघाट ५ पाल्डांडाले हात पारेको छ । आइडल अन्तरगतको जिसन गायन प्रतिभा र अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिताको दुबै उपाधि होलि केयरले जितेको हो ।

जिसन आइडल छैटौँ सँस्करणको गायनतर्फ कुल २२ जना प्रतियोगिलाई पछि पार्दै होली केयरकी प्रवेशिका गैरेले उपाधि हात पार्नुभयो । यस्तै २६ विद्यालयले सहभागिता जनाएको खुल्ला नृत्य प्रतियोगितामा पनि होली केयर स्कुल समुहले प्रथम स्थान हासिल गरेको जनाइएको छ । नृत्यतर्फ दोश्रो सुनवलको लुम्बिनी सेकेण्डरी स्कुल र तेश्रो मुनलाईट ऐकेडेमी बासाबसही भएको थियो । विजेताहरुलाई प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष सुमन गोपाल आचार्य र जिसनका जिल्ला अध्यक्ष इन्द्र गुरुङ्गले पुरस्कार तथा ट्रफि प्रदान गर्नुभएको थियो । जिसन नवलपरासीमा ४९ विद्यालयहरु आवद्ध रहेका छन । जिसन आईडलमा बिद्यालय बिजयी भएपछि सो बिद्यालयका बिद्यार्थीहरु खुसी भएका थिए । बिद्यालयका शिक्षक तथा लोक गायक तीर्थ सापकोटाले अथक मिहिनेतको प्रतिफल बाट बिजयी भएको उल्लेख गर्दै बिद्यार्थीहरुले आफ्नो र बिद्यालयको ईज्जत राखेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले सोही बिद्यालयमा अध्यापन गर्दै आउनुभएको छ ।

You might also like