सरावलको गणेशपुरमा मोटरसाईकल ठोकिदा एकको मृत्यु

0

उमेश बि.क.

नवलपरासी २२ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ गणेशपुरमा मोटरसाईकल बासमा ठोकिदा एकको मृत्यु भएको छ।सरावल गाउँपालिका वडा नं. ७ वडा सदस्य गंगोत्तरी देबि हरिजनको माइला छोरा अजित कुमार हरिजनको मोटरसाइकल बासमा लडि अनियन्त्रित हुदा गम्भीर घाइते भएका थिए ।गणेशपुर निवासी बर्ष २२ को अजित कुमार हरिजन शनिबार बिहान करिब साढे ९ बजे युपि ५७ क्यु ५६४३ नम्बरको मोटरसाइकलबाट साथिलाई भेट्न जाने क्रममा बाटोमा राखिएको बासमा लडि मोटरसाइकल अनियन्त्रित हुदा गम्भीर घाइते भएका थिए। घाइते हरिजनलाई पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार गराउने क्रममा मृत्यु भएको हो। हरिजन तिब्र गतिमा भएको कारणले गर्दा मोटरसाइकल नियन्त्रण हुन नसक्दा बासमा ठोकेको स्थानीयले बताएका छन।

You might also like