नेपाली नागरिकलाई सिमामा ल्याएर अलपत्र छाड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड बिपरित : मुख्यमन्त्री पोखरेल

0

बुटवल १ जेठ – प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विश्वभरी कोरोना फैलिएको वर्तमान अवस्थामा विना परिक्षण नेपाली नागरिकलाई सिमामा ल्याएर अलपत्र छाड्ने भारतीय शैली विश्व स्वास्थ्य संगठनको मापदण्ड बिपरित भएको बताउनुभएको छ । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले विनापरिक्षण नेपालीलाई सिमामा अलपत्र छोड्ने भारतिय शैली डव्लुएचओको मापदण्ड विपरित छ। संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन– भन्नुभएको छ । भारतबाट आएका नेपालीहरुमा कोरोना संक्रमण बृद्धि भएसंगै मुख्यमन्त्री पोखरेलको यो धारणा आएको हो ।

You might also like