अति विपन्नलाई खाद्यान्न वितरण

0

उमेश बि.क
नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ को मिलन टोल ( मुसहर बस्ती ) साथै सोही वडाको सन्तपुरमा अति विपन्न घरपरिवारलाई राहत स्वरुप शुक्रवार खाद्यान्न वितरण गरिएको छ।
राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटी सदस्य बिमल बगाले र धर्मराज भुषालको विशेष पहलमा दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई २० घर धुरीलाई प्रति परिवार २० केजि चामल , नुन ,तेल सहित खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटि सदस्य बगालेले बताउनुभयो ।
खाद्यान्न वितरणमा राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटी सदस्य बिमल बगाले , धर्मराज भुषाल र स्थानीय युवा समाजसेवी मदन पन्त , बिक्रम रामदाम, रुबिन रसाइली लगायत युवा हरुको सहभागिता रहेको थियो ।

You might also like