सुस्तामा १० शैयाको क्वारेन्टाइन

0

सुस्तामा १० शैयाको क्वारेन्टाइन
सुस्ता १२ चैत्र – सुस्ता गाउँपालिकाले १० शैयाको क्वारेन्टाईन निर्माण गरेको जनाएको छ । कोभिड–१९ कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको जोखिमलाई मध्यनजर गर्दै सुस्ता गाउँपालिकाले क्वारेन्टाईन निर्माण गरेका हो । त्यस्तै क्विक रेस्पोन्स टिमका संयोजक एवं सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीका अनुसार सुस्ताको वार्ड न ५ पक्लिहवामा स्वास्थ्य चौकीको निर्माण भएको नयाँ भवनमा १० शैयाको सुविधायुक्त क्वारेन्टाईन निर्माण गरिएको हो । कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुलाई राखिने क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको टोली सहित अवास र औषधी उपचार लगायतका सेवाहरुको ब्यवस्थापन गरिएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनुभयो ।

You might also like