सुर्यज्योति युवा क्लबले ग¥यो विभिन्न तीनवटा समिति विस्तार

रवि पाण्डेयको संयोजकत्वमा ५ सदस्सीय सल्लाहकार समिति गठन

0

बर्दघाट – सुर्यज्योति युवा क्लब बर्दघाट–२ चिसापानीले विभिन्न समिति विस्तार गरेको छ । २०३४ सालमा स्थापित यो क्लबको नयाँ समितिको चैत्र ३ गते भएको बैठकले सल्लाहकार समिति , मुल्याँकन तथा अनुगमन समिति र संरक्षण समिति गठन गरेको सचिव टेकबहादुर बुढाथोकीले जनाए । संस्थालाई आवश्यक सल्लाह प्रदान गर्न रवि पाण्डेयको संयोजकत्वमा ५ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा शिव पौडेल, सदानन्द पाण्डे, शेर बहादुर आचार्य, खिम बिक्रम थापालाई मनोनित गरिएको संस्थाले जनाएको छ ।
त्यस्तै सुबोध जागृत बुढाथोकीको संयोजकत्वमा क्या. चन्द्रबहादुर थापा, गणेश क्षेत्री, धर्म पल्ली, मिनबहादुर क्षेत्री र कृष्णमाया गुरुंग सदस्य रहेको ६ सदस्सीय मुल्याँकन तथा अनुगमन समिति गठन गरिएको छ ।
त्यस्तै पूर्व अध्यक्ष डब बहादुर गर्बुजाको संयोजकत्वमा ८ सदस्सीय संरक्ष्ण समितिमा कमल परियार, यमबहादुर थापा, तेजबहादुर गर्बुजा ,बिष्णु बस्नेत, शिव पाण्डे , डिल बहादुर गुरुंग र दया दर्लामी रहेका छन् । दर्लामी बर्दघाट २ की वडाध्यक्ष समेत रहेकी छिन । त्यस्तै क्लबले वडाभित्र रहेका सातै वटा ब्लकबाट सदस्यहरु समेटेर पुर्णता दिइएको अध्यक्ष राम भण्डारीले बताए । सर्वसम्मत चयन भएका नौ जना बाहेक २ जना मनोनित गर्ने बिधानको प्रावधान अनुसार प्रकाश भुसाल र पुजन शाहीलाई सदस्यमा मनोनित गरिएको भण्डारीले जानकारी दिए । सुर्यज्योति युवा क्लब वि.स.२०३४ सालमा चिसापानीमा बसाई ल्याइएका भुमिहिन सुकुम्वासी बस्तीमा स्थापित यसक्षेत्रकै पुरानो क्लब रहेको संस्थापक सदस्य दिलसिंह गुरुंगले बताए ।
यस क्लबले बिभिन्न कालखण्डमा आरोह अवरोहहरु झेल्दै भुगिरोह बिरुद्ध समेत निकै संर्घष गर्दै आएको पूर्व अध्यक्षहरु बताउछन् ।
त्यस्तै ग्रिन बेल्ड बचाउ अभियानमा क्लबले खेलेको भुमिका निकै सह्रानीय रहेको अगुवाहररुको भनाई छ ।
आज भन्दा ४२ बर्ष पहिला स्थापना भएको यस क्लबको संस्थापक अध्यक्षमा देवी प्रसाद ज्ञवाली रहेका थिए । त्यस्तै सचिवमा दलबहादुर गुरुंग र कोषाध्यक्षमा तकदिर थापा रहेको कमल परियारले बताए ।
१५ सदस्सीय रहेको संस्थापक हरु मध्ये संस्थापक अध्यक्ष ज्ञवाली , सचिव गुरुंग र संस्थापक सदस्य तिलक पंगेनीको निधन भइसकेको छ ।
संस्थापक सदस्यहरुमा शंकर श्रेष्ठ, शम्भु थापा, नविन राना, बुद्धिसागर भण्डारी,दिपक गुरुंग,दिलसिं गुरुंग, टेकबहादुर थापा, केशव सुनार, बेलबहादुर गुरुग, डिलबहादुर गुरुंग र चन्द्रबहादुर बुढा रहेको बताइएको छ ।
त्यस्तै सुर्यज्योति युवा क्लबमा आबद्ध भएकाहरुले बिभिन्न सामाजिक क्षेत्रमा समेत फड्को मार्दै गएको सन्र्दभमा यस क्लबको ऐतिहासिक बिरासतलाई नयाँ पुस्ताले जोगाउदै थप कार्यमा जुटनुपर्ने अगुवाहरुको तर्क छ ।

You might also like