एमसीसी परियोजना संसदबाट पारित नगर्न माग

0

पोखरा – नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ४ ले राष्ट्रघाती एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिको अंग भएकोले संसदबाट पारित नगर्न सम्पूर्ण सांसदहरुलाई अनुरोध गरेको छ ।
नेपाल र नेपाली जनतालाई दीर्घकालीन रुपमा असर पु¥याउने रणनीतिक महत्वको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने खतरा देखापरेको जनाउँदै क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारले नेपालको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बेला आएको बताउनसभयो ।
प्रदेश सेक्रेटरी परियारले विज्ञप्ति जारी गर्दै एमसीसीलाई संसदद्वारा पारित गराउन खोज्ने सरकारको प्रयत्नलाई विरोध गर्दैं त्यसको भत्सना गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ – राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आँच पुग्न नदिन सम्पूर्ण राजनीतिक पार्टीहरु, सांसदहरु, संघ ÷संस्थाहरु र सम्पूर्ण देशभक्त नेपाली जनता समक्ष हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ न प्रदेश समिति यो प्रेस बक्तब्य मार्फत र्हािर्दक अपिल गर्दछौं ।

You might also like