सुर्य ज्योति युवा कल्वको अध्यक्षमा भण्डारी

0

बर्दघाट १ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित सुर्य ज्योति युवा कल्बको २३ औं बार्षिक साधारणसभा तथा ७ औं अधिबेशनले राम भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा बिष्णु भुजेल सचिवमा टेक बहादुर बुढाथोकी सहसचिवमा शंकर पौडेल र कोषाध्यक्षमा दीपा न्यौपानेलाई सर्बसम्मत चयन गरेको छ । कल्बको सदस्यहरुमा रमेश मल्ल ठकुरी, ईन्द्र बहादुर थापा , प्रेम भुजेल र सन्दीप बिकलगायत चयन भएको नवनिर्वाचित सचिव टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
त्यस्तै लेखा संयोजकका प्रेम खड्का सदस्यहरुमा दीपक श्रेष्ठ र सन्देश बस्याल चयन भएको उहाँले बताउनुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिका वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामीले समाज रुपान्तरणमा युवा पंक्तिको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा कल्वका पूर्व अध्यक्षहरु डबबहादुर गर्बुजा मगर, कमल परियार, यमबहादुर थापा, होमबहादुर गु्रुंग लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम कल्बका अध्यक्ष शिव पाण्डेको अध्यक्षता सचिव कमल बस्यालको संचालन दीपक थापाको स्वागतमा भएको थियो ।
सुर्य ज्योति युवा कल्ब २०३४ सालमा स्थापित यसक्षेत्रमा इतिहास बोकेको कल्ब हो ।

You might also like