ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको निधन

0

बर्दघाट : ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको दुर्घटनामा परि निधन भएको छ । वाग्लेलाई ईलाका प्रहरी कार्यालय बर्दघाट चौकी देखि करिव २ सय मिटर पूर्व राजमार्गमा पैदल हिड्दै गर्दा मोटर साईकलले टक्करदिंदा वाग्ले शक्तघाईते भएपछि उहांलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । हिजो साँझ करिव ८ बजेको समयमा लु।१४ प। ८७५८ नम्वरको मोटर साईकलले ठक्कर दिएको थियो । वाग्लेलाई ठक्कर दिने मोटरसाईकलमा सवार दिपेन्द्र पुन मगर पनि घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । ठक्करदिने मोटर साईकल सवार सुनवल–१ प्रगतीटोलका दिपेन्द्र पुन मगर रहेको र उहांलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनामा परि घाईते हुनुभएका वाग्लेको उपचारका क्रममा हिजो राती १२ बजे भैरहवा मेडिकल कलेजमा निधन भएको हो ।

You might also like