अभिमुखिकरण कार्यक्रम

0

बर्दघाट – हाम्रो बचत तथा ऋण सहकारी सस्था लि बर्दघाट ले शुक्रवार युवा ताथा साना व्यवसायी कोषको पहिलो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषको थोक कर्जा निकासा तथा लगानिको विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एंव मुख्य प्रशिक्षक जिल्ला संयोजन तथा अनुगमन समिति नवलपरासीका सदस्य सचिव प्रितम भुजेलले साना ब्यवसायी स्वरोजगार कोषको पहिलो किस्ता वापतको २५ लाख रकम निकासा संगसंगै कर्जा लगानीको विषयमा कार्यक्रममा सहभागि उद्यमीहरुलाई प्रशिक्षण दिनुभएको थियो । नेपाल सरकारले उपलब्ध गराउने रकमलाई सहि ठाउमा लगानी गरी आर्थिक समृद्धिमा लाग्न समेत भुजेलले आग्रह गर्नुभएको थियो । सहकारीका स्वास्थ्य उप समिति संयोजक बिक्रम वि क ले सहकारीताको मर्मलाइ सवैले बुझ्नुपर्ने भन्दै कोषको लगानी सहकारी मा स्वागत योग्य भएको र सो को नियमन र अनुगमनमा आवश्यक परेमा सिंगो सहकारी सहयोग गर्न तत्पर र तयार रहेको भन्दै कर्जा प्राप्त गरी व्यवसाय संचालन गर्न लागिरहेका स्वरोजगार ऋणीहरुलाइ सफल उधमी बनेर देखाउन शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष बिष्णु बराल को अध्यक्षता रहेको कार्यक्रमको संचालन व्यवस्थापक डिल ब शाही ले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष धनन्जय पौडेल ले राख्नु भएको थियो । स्थानीय युवा प्रेम भुजेलको फेसबुक वाल

You might also like