पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको बार्षिक साधारण सभा

0

नवलपरासी – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ पश्चिम नवलपरासीको १४ औ बार्षिक साधारण सभा शुक्रवार सुनवल १२ भुमहीमा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले पुस्तक बिक्रीको सिजन अव शुरु हुन लागेकोले पेशालाई ब्यवस्थित बनाउनुपर्ने बताए । उनीहरुले
व्यवसायीमा संगठन प्रति बितृष्णा बढेको बताउदै नवलपरासीमा भने संगठन मजबुत रहेको जनाए ।
वक्ताहरुले व्यवसायीले स्वच्छ रुपमा प्रतिष्पर्धा गरेमा व्यवसायमा सफलता मिल्ने बताउदै अवैध रुपमा बिक्रिी बितरण हुने पुस्तक र बेच्ने व्यापारीलाई कारवाही हुनुपर्ने माग गरेका थिए । उनीहरुले आफुहरु नाफा मात्र गर्ने व्यवसायमा लागेको नभई ज्ञान प्रदान गर्ने व्यवसायमा लागेकोमा गर्व गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि महासंघका उपमहासचिव रामदेव पाण्डेले ब्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डेको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ सुनवलका उद्योग उपाध्यक्ष रामबहादुर क्षत्री संस्थापक सदस्य सुवाष चन्द्र जिसी, सचिव दुर्गा पंगेनी, पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघ रुपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवाली, प्रदेश ५ का सहसचिव रामु अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्ष खेमकान्त भट्टाईको अध्यक्षतामा भएको थियो

You might also like