न्यू लाइफ लाइफमा विविध कार्यक्रम सम्पन्न

0

प्रकाश न्यौपाने
बर्दघाट । न्यू लाइफ माध्यमिक विद्यालयले आज दिन दुखीलाई कपडा वितरण, खुल्ला दौड, जिल्ला स्तरीय कविता बाचन, र सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
दिन दुखीलाई कपडा वितरण बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको स्टार इट्टा र एन.वि इट्टा उद्योगमा रहेका करीव ४ सय जना मजदुरहरुलाई न्यानो कपडा वितरण गरीएको शिक्षक जिवन तिवारीले जनकारी दिनु भयो । विद्यालयले आफ्नो रजत जयन्ती अवसरमा आज आयोजित गरेको पाच किलोमिटर खुल्ला दौड प्रतियोगितामा करिव १ सय पचास जनाको सहभागीता रहेको विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले जनाकारी दिनु भयो । दौड प्रतियोगिताको प्रथम स्थान हासिल गरेका भिमसेन थापाले प्रमाण पत्र, ट्रफि र नगद रु ५ हजार , द्धितिय स्थान हासिल गरेका देव बहादुर नेपालीले प्रमाण पत्र, ट्रफि र नगद रु ३ हजार र तृतिय स्थान हासिल गरेका कमल भट्टराईले प्रमाण पत्र, ट्रफि र नगद रु २ हजार प्राप्त गनर््भएको छ ।
त्यस्तै गरी जिल्ला स्तरीय कविता बाचन प्रतियोगितामा २१ जना प्रतियोगिहरु मध्ये प्रथम स्थानमा नारायण बस्याल, द्धितिय स्थानमा तिलक भट्टराई र तृतिय स्थानमा नवराज घिमिरे प्राप्त गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्यले अतिरीक्त क्रियाकलापले विद्यार्थीहरुमा सिर्जनसिलताको विकास गर्ने बताउनु भयो । विद्यार्थीले आफ्नो सक्रियामा धेरै विषय बस्तुको ज्ञान हासील गर्न सक्ने बताउदै अचार्यले शिक्षण सिकाइमा विद्यार्थी केन्द्रित कार्यक्रमलाई प्रथमिकता दिनुपर्ने बताउनु भयो ।
विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारी, प्लस टु कोडिनेटर मोहन शरण पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारी, विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारी लयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक सदस्य थम अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक विमल शर्माले गनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिका झलकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक/शिक्षिकाहरु, अभिभावक गरी करिव पाच सय जनाको उपस्थिति रहेको शिक्षक अमृत सुवेदीले जनकारी दिनु भयो

You might also like