सुस्ता सहित पाँच पालिकाका प्रमुखसंग मुख्यमन्त्री पोखरेलको भिडियो संवाद

सुस्ता गाउपालिकाका अध्यक्ष पाण्डेद्धारा सुस्ताका गतिबिधि बारे मुख्यमन्त्रीलाई ब्रिफिङ

0

रवि पाण्डेय
नवलपरासी २६ चैत्र – कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे आज (बुधवार ) मुख्यमन्त्री शंकर पोखरेलले पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे सहित सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेसंग मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण रोक्न लकडाउनलाई कडाईपुर्वक कार्यान्वयन गनुपर्नेमा जोड दिनुभएको थियो । सो क्रममा अध्यक्ष पाण्डेले सुस्ता गाउपालिकामा रहेका समस्या र गाउपालिकाले गरेका कोरोना नियन्त्रण सम्बन्धि काम बारे मुख्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो ।
त्यस्तै सुस्ता सहित कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर सहभागी हुनुभएको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले स्थानीयपत्रलाई जानकारी दिनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री पोखरेलले गर्नुभएको यो पाचौें भिडियो संवाद हो ।
एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो ।
संवादमा पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीज्यूले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गर्नुभएको बताइएको छ ।
त्यस्तै पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको जानकारी गराउनुभएको थियो ।
त्यस्तै स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्री पोखरेलले ले आग्रह गर्नुभएको थियो ।
त्यस्तै पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएकोले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न आग्रह गर्नुभयो । क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेस्टिङ गरेपछि मात्रै पठाउने र केही दिनमै ¥यापिड टेस्ट हुने उहाँले बताउनुभयो । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको म’ख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो । सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको, सशस्त्र प्रहरीको संख्या बढाइएको र पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्री पोखरेल पालिका प्रमुखहरुलाई आग्रह गर्नुभयो । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनुभयो । त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिन अघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुंगोमा पु¥याउन मुख्यमन्त्री पोखरेलले पालिका अध्यक्षलाई आग्रह गर्नुभएको केसीले बताउनुभयो ।

You might also like