चिसापानी अस्पतालमा शिशु स्वास्थ्य क्लिनिक उद्घाटन

0

 बर्दघाट ११ मंसिर ः चिसापानी अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक उद्घाटन गरिएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले क्लिनिक उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख बस्यालले नगरले स्वास्थ्य पहुँच बृद्धि गर्न वडावडामा स्वास्थ्य चौकीहरु स्थापना गरेको बताउदै वडा– २ को पहाडी चुरे भेगलाई पुर्ण संस्थागत सुस्केरी बनाउन अस्पतालमा आउने कुरुवालाई समेत खानाको ब्यवस्था गर्ने बताउनुभयो ।

No description available.कार्यक्रममा बर्दघाट २ की वडाध्यक्ष दया दर्लामी मगर, नगर स्वास्थ्य प्रमुख माधव ज्ञवालीलगायतले बोल्दै मातृ शिशु सेवाले आमा तथा बच्चा दुवैको सुरक्षामा योगदान दिने विश्वास ब्यक्त गर्नुभएको थियो । अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेश चन्द्र न्यौपानले मातृ शिशु स्वास्थ्य क्लिनिकबाट गर्भवती महिला तथा ५ बर्ष बालबालिकाहरुको स्वास्थ्य परिक्षण तथा परिवार नियोजन सेवा तथा परामर्श एंव सुरक्षित गर्भपतन सेवा दिने जनानकारी दिनुभयो ।No description available.

You might also like