उदय महिलाको साधारणसभा

0

बर्दघाट – बर्दघाट –१३ धनेवा स्थित उदय महिला बहुउदेश्शीय सहकारी संस्था को २३ औं साधारण सभा विहीवार सम्पन्न भएको छ ।
सभा उद्घाटन सत्रमा प्रमुख अतिथि बर्दघाट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले महिलाहरुले गरेको उद्यमहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिशेष अतिथि बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्ल , जहदा सामुदायिक पुस्तकालयका अध्यक्ष सुरज केसी , समाजसेवी गणेशकुमार पौडेल , उत्तम साकोसका मेनुका आचार्य, सावित्रा भट्टराई, उमा चौधरी , गजेन्द्र गिरी लगायतले बोल्दै संस्थाको उन्नतिको शुभकामना दिनुभएको थियो । साधारणसभाको बन्दसत्रले गितको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । त्यस्तै कार्यक्रम संस्थाकी अध्यक्ष कमला कण्डेलको अध्यक्षतामा भएको थियो ।

You might also like