जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक हस्तान्तरण

0

लक्ष्मी घिमिरे
बर्दघाट – पत्रकार रवि पाण्डेयले आफ्नो जन्मदिनको अवसरमा दुईवटा सामुदायिक पुस्तकालयलाई पुस्तक प्रदान गर्नुभएको छ । न्यु भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेले माकर सामुदायिक पुस्तकालयलाई ३५ थान र जहदा सामुदायिक पुस्तकालयलाई १२ थान पुस्तक प्रदान गर्नुभएको हो । समाजमा पठनशिपको विकासका लागि भन्दै जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक प्रदान गरेको उहाँले बताउनुभयो ।
पाण्डेय नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष समेत रहनुभएको छ । उहाँले पाण्डेले माक्र्सवादी दर्शन , प्रगतिशिल साहित्य , सौन्र्दयशास्त्र तथा बिबिध बिषयका पुस्तक बर्दघाट नगरपालिकामा रहेका दुईवटा सामुदायिक पुस्तकालयलाई प्रदान गर्नुभएको हो । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश पाँचका संयोजक पाण्डेले बर्दघाटस्थित माकर सामुदायिक पुस्तकालय र जहदा सामुदायिक पुस्तकालयलाई पुस्तक प्रदान गर्नुभएको थियो । उहाँले संर्घषको दर्शन, मेरा विश्वबिद्यालय, माक्र्सवाद के हो ? पुंजीवाद र नेपाल, युद्ध र पत्रकारिता जस्ता महत्वपुर्ण पुस्तकहरु प्रदान गरेको बताइएको छ । जन्मदिनमा पुस्तक प्रदान गर्नु राम्रो बिषय रहेको माकर सामुदायिक पुस्तकालयका अध्यक्ष बुद्धिनाथ अर्यालले बताउनुभयो । पाण्डेले पुस्तकालयकी कार्यालय सचिव तुल्सा पौडेललाई ३५ थान पुस्तक प्रदान गर्नुभएको थियो । जसमा अधिकाँश माक्र्सवादी पुस्तकहरु रहेका छन् ।
त्यस्तै जहदा सामुदायिक पुस्तकालयमा एक कार्यक्रमबीच पुस्तक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले जन्मदिनलाई सामाजिक सेवासंग जोड्न आफूले बर्षेनी यस्तै कार्यक्रम गर्दै आएको बताउनुभयो । यस अघिका जन्म दिन आफू पढेको ज्ञानोदय प्रावि र शहिद स्मृति अस्पतालमा फलफूल वितरण गरेर मनाएको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष सुरज क्षेत्रीले जन्मदिनलाई सादगी तरिकाले मनाउनुपर्ने काममा यो कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी मुरलीकृष्ण खनाल, डिबी थापा, होमनाथ तिमिल्सिना , प्रदीपकुमार चौधरी, मुना चौधरीलगायतले जन्मदिनमा नविनतम कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै जन्मदिनको शुभकामना दिनुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुरज क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

You might also like