‘सीमा मिच्दा मौन रहने सरकार सीमा अतिक्रमणको आवाज उठाउँदा दमनमा उत्रियोे’

0

सुर्खेत – नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य चक्रपाणि शर्माले कालापानी, लिम्पियाधुरा, लिपुलेक मिचिदा ठोस कदम चाल्न नसक्ने सरकारले लोकतान्त्रिक गणतन्त्रमा प्राप्ती अधिकारलाई निमोठ्दै दमनमा उत्रिएको बताउनुभयो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले भारतले सीमा मिच्दा मौन रहने सरकार क्रान्तिकारी योद्दाहरुले उप–निर्वाचन बहिष्कार र सिमा अतिक्रमणको आवाज उठाउँदा दमनमा उत्रिएको बताउनुभयो ।
उहाँले जनतन्त्र जनजीविका साथै कालापानीमा भइरहेको विस्तारवाद तथा मंसिर १४ गते सम्पन्न उप–र्निर्वाचन बहिष्कारका क्रममा सल्यानको कुमाख गाउँपालिका–५ मा पक्राउ परेका नेता चक्रपाणि शर्माले आफु सहित नेता दिपक बहादुर शाही रअन्य दुइजना पक्राउ परेको विषयमा देजमो कर्णली प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुएको हो । उहाँले बर्तमान सरकार इतिहासकै आलोचक सरकार भएको भन्दै सल्यान प्रहरीले गरेको राणाकालिन प्रहरीको अराजकता र अभद्र व्यवहारको भत्र्सना गर्नुभयो । यसैबीच, उपनिर्वाचन बहिस्कार आन्दोलनको क्रममा पक्राउ परेका नेताहरु रिहा भएपछि पार्टी तथा मोर्चाले भव्य स्वागत गरेको छ । मंसिर १० गते मंगलबार उपनिर्वाचन बहिस्कार आन्दोलनको क्रममा कुमाख गाउपालिका ५ बाट सल्यान प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पार्टीका कर्णाली प्रदेश इन्चार्ज सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणी शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, जिल्ला सचिव सल्यानको कुमाख गाउपालिका ५ घर भएका ६८ वर्षीय चक्र बहादुर शाह र जिल्ला सदस्य कुमाख गाउपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाईलाई पक्राउ गरेको थियो ।

You might also like