क्रान्तिकारी माओवादी प्रदेश ५ को प्रथम अधिबेशन सोमवार घोराही हुदैं

0

बुटवल २४ कार्तिक –
नयाँ जनवादी क्रान्तिको तयारी गरौ, प्रथम प्रदेश अधिबेशन भब्य रुपमा सफल पारौ, भन्न्ने मुल नाराका साथ नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश ५ को ऐतिहासिक प्रथम अधिबेशन भोली ( सोमवार ) दाङको घोराहीमा हुदैछ । अधिबेशनको अन्तिम तयारी आइतवार नै सकिएको र प्रदेश अन्तरगतका १२ वटै जिल्लाबाट प्रतिनिधि पर्यबेक्षक आउने क्रम जारी रहेको छ । अधिबेशन उद्घाटन पूर्व सोमवार ¥याली निकालिने र ¥यालीले घोराहीका बिभिन्न चोकहरु परिक्रममा गर्दै बालमन्दिरमा खुल्ला सभा गरिने क्रान्तिकारी माओवादीका नेता हिरामणी दुःखीले बताउनुभयो । कार्यक्रमलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण, स्थायी समिति सदस्य तथा पश्चिम ब्युरो ईञ्चार्ज रामसिं श्रीस पोलिटब्युरो सदस्य प्रेम सुवेदीलगायतका नेताहरुले सम्बोधन गर्न आयोजकले जनाएको छ । दुई दिन सम्म चल्ने अधिबेशनमा २ सय बढि प्रतिनिधि पर्यबेक्षक रहने छन् । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

You might also like