ब्यवसायिक कुखुरापालन तालिम

0

बर्दघाट – अन्नपुर्ण एग्रो इन्ड्रस्टिज प्रालिको आयोजना पुलामी फिडस एण्ड पोल्टी सप्लायर्श भुताहाको सहआयोजनामा एकदिने ब्यवसायिक कुखुरापालन तालिम सोमवार सम्पन्न भएको छ । ४० जना लेयर्स कुखुरापालक कृषक सहभागी तालिममा डा. प्रकाश कण्डेल सहजीकरण गर्नुका साथै आहार सम्बन्धि प्रालिका एम डी धातानन्द कण्डेलले प्रकाश पार्नुभएको थियो ।

तालिमका प्रशिक्षार्थीहरुले तालिम जिवन उपयोगी रहेकोेले त्यसलाई जिवनमा उतारेर उत्पादनमा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

प्रालि एंवम सप्लायर्शको ब्यवसायिक दायित्व अन्तरगत तालिम सम्पन्न गरिएको पुलामी फिडस एण्ड पोल्टी सप्लायर्शका संचालक श्याम पुलामीले जानकारी दिनुभयो ।

You might also like