योग विज्ञान शिविर समापन

0

जिमिरेभार – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र त्रिनेश्वरधाम बर्दघाट ७ जिमिरेभारको संयुक्त आयोजनामा संचालित ५ दिने पतञ्जली योग विज्ञान शिविर मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको अध्यक्षता तथा किसान पाइप प्रोडक्टका प्रमुख विष्णु प्रसाद पाण्डेकोप्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेष्ठ नागरिक संघ बर्दघाट सुस्ता पश्चिम नलवपरासकिा जिल्ला अध्यक्ष राम जी लौडारीले बर्दघाट नगरपालिका वडा नम्बर ७ भित्रका २५ जना जेष्ठ नागरिकहरुलाई खादा ओडाएर सम्मान गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन बसन्त रेग्मीले गर्नुभएको थियो ।

You might also like