क्रान्तिकारी माओवादी नवलपुरमा धुब्रीकरणको लहर

0

नवलपुर १५ कार्तिक – नेकपा ( क्रान्तिकारी माओवादी ) नवलपुरमा धुव्रीकरणको लहर चलेको छ । क्रान्तिकारी धुव्रीकरणको नारा सहित सो पार्टीले संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने नीति लिएसंगै धुव्रीकरणको लहर चलेको हो ।

बैद्य माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएसंगै विप्लव छोडेकाहरु बैद्य माओवादीमा आकर्षित हुन थालेका छन् । विप्लव नेतृत्वको पार्टी छोडनेहरुले सत्तारुढ दलसंग सम्झौता गर्ने निरन्तरतामा नवलपुरमा भने क्रम भंग भएको छ । विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेको केही समय पछि विप्लव नवलपुरका जिल्ला सदस्य अनिल परियार सहित वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेसंगै क्रमभंग भएको हो ।
शुक्रबार नवलपरासीको सोह्र नम्बर अमरापुरीमा क्रान्तिकारी माओवादी नवलपुरले आयोजना गरेको कार्यक्रममा अनिल परियार सहित एक दर्जन बढी युवाहरु पार्टी प्रवेश गरेको नेकपा नवलपुरका सेक्रेटरी उत्तम थापाले बताउनुभयो ।
कार्यक्रममा अनिल परियार, नर्मदा रानाभाट, गीता सुनार, रीमा सुवेदी, सिमा ढकाल, तारा महतो, लालकुमारी सुवेदी लगायत नेता कार्यकर्ताले पार्टी प्रवेश गर्नुभएको थियो । अनिलले पार्टी प्रवेश कार्यक्रममा नेपालमा क्रान्ति अपरिहार्य रहेकोले क्रान्तिकारी माओवादीमा प्रवेश गरेको बताउनुभयो ।  पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश नं. ४ इन्चार्ज एवम् सेक्रेटरी चन्द्र हरि सुवेदी अटलले अविर लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रम क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको थियो ।

You might also like