भारतबाट भन्सार छलेर ल्याइएका ७९ वटा खसी बोका बरामद

0

परासी-भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएर लुकाइ राखेको सुराकीको आधारमा गेर्मी प्रहरी चौकीले ७९ वटा खसीबोका बरामद गरेको हो ।
सिमा क्षेत्र पाल्हीनन्दन ५, चमन टोलाको एउटा घरमा छापा हान्ने क्रममा उक्त खसीबोका बरामद गरी आवश्यक कारवाहीको लागि महेषपुर भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ । दाउन्ने न्युज

You might also like