न्यु भिजन मिडिया द्वारा प्रकोप काेषमा ११ हजार १ सय एघार रुपैया प्रदान

मिडिया बाट जिल्लामै पहिलो सहयोग

0

बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन काेषमा ११ हजार १ सय  ११ रुपैया  प्रदान गरेको छ । जिल्लामा  मिडियाको तर्फबाट यो नै पहिलो  पटक  मिडियाले सहयोग गरेको हो । रकमको कुरा भन्दा पनि सस्थाको गृह नगर रहेकोले बिपदका बेला नगरपालिकाको समन्वयमा बिपन्न नगरवासीलाई सहयोग गरेको प्रबन्ध निर्देशक रवि पान्डेले बताउनुभयो । न्यु भिजनले स्थानिय पत्र साप्ताहिक; बर्दघाट पोस्ट दैनिक र अनलाइन सन्चालन गर्दै आएको छ । सो रकमको चेक निर्देशक पान्डेले नगर प्रमुख धिरज शर्मा बस्याल लाई प्रदान गर्नु भएको थियो ।

You might also like