डडेल्धुरा कारागार भित्र पुस्तकालय स्थापना गरिदैं

0

डिआर भट्ट  डडेल्धुरा – नेपाल प्रेस युनयन डडेल्धुरा शाखाले जिल्ला कारागार (सुधारगृह) भित्र पुस्तकालय स्थापना गर्ने भएको छ । कानुनी साक्षरताका लागि जिल्ला कारागार ९सुधारगृहमा० पुस्तकालय स्थापना गर्ने प्रेस युनियनले जनाएको छ । प्रेस युनियनको मंगलबार बसेको बैठकले पुस्तकालय स्थापनाका लागी ५ हजार ५ सय ५५ रुपैया छुुट्याएको अध्यक्ष धनबहादुर भण्डारीले बताउनुभयो ।


विभिन्न मुद्दमा कैद भुक्तान गरिरहेकाहरुलाई कानुनी व्यवस्थाबारे साक्षर गराउन पुस्तकालयको स्थापना गर्ने उहाँले बताउनुभयो । कानुनी व्यवस्थाबारे जान्न पाउनु मौलिक हकका रुपमा संविधानमा उल्लेख छ । ‘विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले आफुले किन कति सम्म कुन अपराधमा कैद भुक्तान गरि रहेको भन्ने पनि जानकारी छैन ।’ उहाँले भन्नुभयो ‘यसका लागी आफन्तको भर पर्नुपर्ने, वकिललाई गुहार्नुपर्ने समस्या छ ।’ यी यावत समस्या कारागार भित्रै सामाधानमा सहयोग पुगोस भनि पुस्तकालय स्थापना गरिन लागेको उहाँको भनाई छ । कानुनी व्यवस्थाबारे जानकारी नहुँदा कैद भुक्तान गरिरहेका व्यक्ति र उनका मुद्दामा वकालत गरेका अधिवक्ता बिच पनि रोष बढ्ने गरेको अधिवक्ताहरुले महसुस गरिरहेको बताएपछि यस्ता समस्याको निराकरणका लागी पुस्ताकालय स्थापना गर्न लागिएको उहाँले जनकारी दिनुभयो ।
कैदभुक्तान गरिसके पनि कानुन बमोजिम फैसल गर्ने न्यायधिस तथा वकालत गर्ने अधिवक्ता संग मनमुटावको स्थिती सृजना भएकाले कानुनका किताब कारागार भित्रै उपलब्ध गराई कानुनी व्यवस्थाबारे साक्षर गराउन पुस्ताकालयको स्थापना गर्न प्रेस युनियन प्रेरित भएको प्रेस युनयन डडेल्धुराका अध्यक्ष भण्डारीले बताउनुभयो ।

You might also like