विपद् बाट हुने जोखिम तथा न्युनिकरण उपायबारे सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम

बासा – पश्चिम नवलपरासीको प्रहरी चौकी सरावल १ बासाबसहीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विपद् बाट हुने जोखिम तथा न्युनिकरण उपायबारे सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम बुधबार बासा प्रहरी चौकीको प्रांगणमा सम्पन्न भएको छ ।

बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा जिल्ला समन्वय समितिकी सदस्य आशा चौधरी, नेपाल आदिबासी जनजातिका जिल्ला अध्यक्ष देवराज चौधरी, जेष्ठ नागरिक मञ्चका केन्द्रिय सदस्य खिमलाल पोखरेल रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे लगायत जनप्रतिनीधि, समाजसेवी, बुद्धिजीवि, स्थानीयबासी गरि ३० जनाको उपस्थिति रहेको थियो ।
सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर विकले सबैमा धन्यबाद ब्यक्त गर्दै सहभागीले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यसको कार्यान्वयन तर्फ आफु र आफ्नो प्रहरी टोली सक्रियतापुर्वक अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो ।

You might also like