नेकपा प्रतापपुरद्वारा गाउपालिकालाई ज्ञापन पत्र

0

नवलपरासी – प्रतापपुर गाउपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतापपुर गाउ कमिटीले कृषकका मागहरु समेटेर ज्ञापनपत्र बुझाएको छ । नेकपा प्रतापपुर इन्चार्ज दीपक राज शर्माको नेतृत्वमा पालिकामा पुगेको नेता कार्यकर्ताको टोलीले गाउपालिकाकी कार्यबहाक अध्यक्ष अन्जुु कुमारी चौधरीले उक्त ज्ञापनपत्र बुझाएको नेकपाले जनाएको छ ।
सो पार्टीका गाउँ कमिटी अध्यक्ष अनुग्रह प्रसाद यादवको हस्ताक्षर रहेको ज्ञापन पत्रमा कृषकहरुलाई बीउ बिजन, मलखाद, बिद्युतीय सिंचाई, आधुनिक कृषि औजार,कृषि बीमा तथा डुबान पीडितका लागि क्षतिपूर्तिको माग गरिएको छ ।

You might also like