देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश ५ को आयोजनामा सर्वदलीय छलफल

0

बुटवल : देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल प्रदेश ५ को आयोजनामा शुक्रवार बुटवलमा सर्वदलीय छलफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देजमोले सर्वदलीय बैठक आव्हान गरेको हो ।
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउटसंग सरकारले गरेको सम्झौता र नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धका विषयमा छलफल गर्न सबैदलीय बैठक बसेको हो । सरकारले राउतसंग गरेको सम्झौता राष्ट्रघाती कदम भएको र नेकपामाथि लगाइएको प्रतिबन्ध हतार र अपरिपक्व भएको निस्कर्ष
निकालिएको छ । यसप्रकारको सर्बदलीय बैठक फेरि बस्ने सहमति भएको नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य प्रेमनाथ सुवेदीले जानकारी दिनुभयो । देजमो प्रदेश ५ का संयोजक केबी गुरुङको अध्यक्षतामा भएको सर्वदलीय बैठकमा नेकपा (नेकपा)नेता निर्मल जीसी, राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५,लुम्बिनी–थरुहट–मगरांतका अध्यक्ष झमबहादुर गुरुङ, नयां शक्ति पार्टीका यज्ञ पोख्रेल, संघीय समाजवादी फोरमका उमेश यादव, राप्रपाका रुपसिंह थापाको सहभागिता रहेको थियो । नेकपा क्रान्तिकारी माओवादीले राउतसंगको सम्झौतालाई राष्ट्रिघाती र नेकपामाथिको प्रतिबन्धलाई फासिवादी कदम भन्दैं फिर्ता लिन माग गरेको छ ।

You might also like