दृष्टिबन्धक भन्दै जग्गा रजिष्ट्रेशन पास : जग्गा लिलाम भएपछि पिडितहरुको विचल्ली

0

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर –१ सिसहनियाँका कृषकहरुले आफुहरुलाई दृष्टिबन्धक भनेर जग्गा रजिष्ट्रेशन पास गरिएको बताएका छन् । २०७२ सालमा धादिङ घर बताउने बसन्त भेटवालले दृष्टिबन्धकमा पुर्जा राखेर ऋण दिन्छु भन्दै झुक्याएको उनीहरुको गुनासो छ ।

काठमाण्डौ नयाँ बानेश्वरमा रहेको सेफवे वचत तथा ऋाण सहकारी संस्था काठमाण्डौ महानगरपालिका– १० ले जग्गा लिलाम गरेपछि आफुहरु ठगीमा परेको थाहा पाएको उनीहरुको भनाई छ ।
भेटवाललाई तपाईको ऋण र्तिर्छाै लिन आउनुस भनेर बोलाउदाँ हुन्छ आउछु भन्ने तर नआउने गरेपछि शंका लागेको स्थानीय धन बहादुर चौधरीले बताउनुभयो । एनसीसी बैक सुनवल शाखाबाट भेटवाललाई ब्याज वापत १ लाख ४० हजार रुपैया समेत पठाएको उहाँले बताए ।
पिडितहरु सबै थारु समुदायका रहेका छन् । साविक जमुनियाँ र हालको प्रतापपुर १ सिसहनीया पर्ने सो झण्डै सय बिघा बढि जग्गा झुक्याएर रजिष्ट्रेशन पास गराइएको चौधरीले जानकारी दिए । उक्त सहकारीले सकारेको लालपुर्जामा २०७४ भदौ १२ गते जग्गा सहकारीले पास लिएको पाइएको छ । यो काण्डमा आशा कुमारी चौधरीको नाममा रहेको २८ कठ्ठा ,विनोद चौधरीको १० कठ्ठा, श्यामबदन चौधरीको १६ कठ्ठा ,हरिप्रसाद चौधरीको ४ कठ्ठा १६ धुर कुडियाका रामप्रसाद थारुको ३ बिघा ११ कठठा रहेको पिडित चौधरीले बताएको आजको स्थानीय पत्र साप्ताहिकले छापेको छ ।

You might also like